पाेखरामा पुरुषले गरे घरभित्रै पेट्रोल छर्केर आत्मदाह

मंगलबार, चैत २१, २०७९

पोखरा-  पोखरामा एकजना व्यक्तिले घरभित्रै पेट्रोल छर्केर आत्मदाह गरेका छन् ।

स्याङजाको अर्जुनचौपारी गाउँपालिका-१ घर भइ पोखरा महानगरपालिका-१७ निसावी नन्दप्रसाद अर्यालले मंगलबार दिउँसो पेट्रोल छर्किएर आत्मदाह गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार तीनतले घरको दोस्रो तलास्थित आफ्नै कोठामा उनले आत्मदाह गरेका हुन् ।

पेट्रोल छर्किएर आगो लगाएपछि अर्यालले त्यहीँ ज्यान गुमाएकाे प्रहरीले जनाएकाे छ । अचानक अर्यालको घरभित्र आगो देखिएपछि छिमेकीले प्रहरीलाई जानकारी दिएका थिए ।

उनकी श्रीमती र सात वर्षकी एक छोरी छन्।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  २१:५५
प्रतिक्रिया दिनुहोस्