नेभिगेशन
समाचार

मधेश प्रदेशका एमाले मन्त्रीले दिए राजीनामा

काठमाडौँ– मधेस प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले सरकारबाट बाहिरिएको छ। एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनीहरूले राजीनामा बुझाएका हुन्। संघमा एमाले सरकारबाट बाहिरिएको करिब साढे १ महिनापछि मधेश प्रदेश सरकारबाट पनि बाहिरिएको हो ।

मुख्यमन्त्री यादवले एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए। संघमा बनेको गठबन्धनअनुसार प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार