मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमाले सरकारबाट बाहिरिने 

मंगलबार, चैत २१, २०७९

काठमाडौँ– मधेस प्रदेशको सबैभन्दा ठूलो दल नेकपा (एमाले) सरकाबाट बाहिरिने भएको छ ।

सरकारमा सहभागी एमालेका चारैजना मन्त्रीले आज राजीनामा दिने बताइएको छ ।

भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंह, कानून–न्याय तथा प्रदेशमामिला मन्त्री राजकुमार लेखी र महिला–बालबालिका, युवा तथा खेलकुद मन्त्री मो. जैद आलमले आजै राजीनामा दिने भएका हुन् ।

केन्द्रमा सत्ता समीकरण बदलिएकोसँगै काम गर्न कठिन भएकाले आफूहरूले राजीनामा दिन लागेको एमालेबाट मन्त्री बनेकाहरूको भनाइ छ ।

मधेसमा एमालेका २३ सांसद छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्