फ्रान्सका राष्ट्रपति म्याक्रोनले चीन भ्रमण गर्ने 

मंगलबार, चैत २१, २०७९

बेइजिङ– राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन चीनको भ्रमणमा आउँदै छन् । 

उनले  यही अप्रिल ५ देखि ७ गतेसम्म चीनको राजकीय भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले

सोमबार  जानकारी दिए । भ्रमणको विस्तृत विषय र तालिका भने सार्वजनिक हुन बाँकी छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०६:२२
प्रतिक्रिया दिनुहोस्