Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेविरुद्धको मुद्दाको पेसी आज

मंगलबार, चैत २१, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज पेसी ताकिएको छ । उनलको मुद्दा सुनुवाइका लागि आजका लागि लागि पेसी तोकिएको सर्वोच्चले जनाएको छ ।

No description available.

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधीवक्ताको निर्णयविरुद्ध अधिवक्ता युवराज पौडेल सफल सोमबार सर्वोच्च गएका छन् । उनले दायर गरेको रिट सोमबार नै सर्वोच्चमा दर्ता भएको थियो ।

सफलले महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार पेस गरेको रिट सोमबार दर्ता भएको हो । रिटउपर पहिलो सुनुवाइका लागि आजका लागि पेसी तोकिएको हो।

अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेउपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने सफलको माग रहेको छ ।

आफू अमेरिकी नागरिक हुँदा–हुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण भएको रिटमा उनले दाबी गरेका छन् ।

त्यस्तै राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको अधिवक्ता सफलको दाबी छ ।

लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के–कस्ता प्रयोजनका लागि प्रयोग गरेका (दुरुपयोग गरेका) थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने उनको माग रहेको छ ।

दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि सफलले रिटमा उल्लेख गरेका छन् ।

युवराजले ले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो ।

चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ०६:०४
प्रतिक्रिया दिनुहोस्