‘जापानको नाकाबन्दीले चीनको आत्मनिर्भर बन्ने अठोटलाई थप बल दिनेछ’ 

आइतबार, चैत १९, २०७९

बेइजिङ– चीनका विदेशमन्त्री किन गङले आइतबार आफ्ना जापानी समकक्षीसँग टोकियोले सेमीकन्डक्टर उपकरणको निर्यातलाई गरेको नियन्त्रणले बेइजिङको ‘आत्मनिर्भर बन्ने’ चाहनालाई थप गति दिने बताएका छन् ।  

सन् २०१९ को डिसेम्बरमा जापानी विदेशमन्त्रीका रूपमा भएको चीन भ्रमणपछि बेइजिङ भ्रमण गर्ने योशिमासा हायाशी पहिलो जापानी उच्च अधिकारी हुन् । 

जापानले सेमीकन्डक्टर बनाउन प्रयोग हुने २३ वटा वस्तुको निर्यात नियन्त्रण गर्ने योजना सार्वजनिक गरेको केही दिनपछि नै मन्त्रीहरूको बेइजिङ बैठक हुन लागेको हो ।

‘संयुक्त राज्य अमेरिकाले जापानी सेमीकन्डक्टर उद्योगलाई दबाव दिने रणनीति प्रयोग ग¥यो, र अब उसले चीनविरुद्ध आफ्नो पुरानो चाल दोहो¥याइरहेको छ,’ किनले आफ्ना समकक्षीसँग भने । उनले जापानलाई वासिङ्टनको ’मिनिअन’ भएको आरोप पनि लगाए ।

उनले भने, ‘यो नाकाबन्दीले चीनको आत्मनिर्भर बन्ने अठोटलाई थप बल दिनेछ ।’ 

नेदरल्यान्ड्सले गत महिना ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय सुरक्षा’को हवाला दिँदै जापानमाथि पनि यस्तै प्रतिबन्ध लगाएको थियो ।

पत्रकारहरूसँगको कुराकानीमा हयाशीले आइतबार नयाँ प्रतिबन्धहरू ‘अन्तर्राष्ट्रिय नियमहरू अनुरूप’ भएको र यो ‘कुनै विशेष देशलाई लक्षित नगरिएको’ बताएका छन् । 

विश्वकै दोस्रो र तेस्रो ठूलो अर्थतन्त्र भएका चीन र जापानबीचको तिक्ततापूर्ण सम्बन्धमा सेमीकन्डक्टर एक प्रमुख बिषय बनेको छ ।

दुई देशका विदेशमन्त्रीबीच बेइजिङमा टोकियोस्थित औषधि कम्पनी एस्टेलासका लागि काम गर्ने एक जापानी नागरिकलाई जासुसीको आरोपमा हालै चीनले हिरासतमा लिएको विषयमा पनि छलफल भएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै हयाशीले जापानले आफ्ना नागरिकलाई हिरासतमा लिएको बिषयमा कुटनीतिकरूपमा ‘विरोध’ जनाएको र उहाँलाई तत्काल रिहा गर्न माग गरेको बताए । 

किनले जापानी अधिकारीको हिराशतको बिषयमा आइतबार भने, ‘चीनले उहाँसँग कानुनी व्यवहार गर्नेछ ।’

दुवै पक्षले जापानले सेन्काकस र बेइजिङले डियाओयुस भन्ने टापुहरूको समूहबारेको विवादमा पनि छलफल गरेका थिए ।

हयाशीले भने, ‘हामीले सेनकाकु टापु आसपासको अवस्थालगायत पूर्वी चीन सागरका बारेमा मेरो गम्भीर चिन्तालाई दोहो¥याएका छौं, साथै रूससँगको सहयोगसहित हाम्रो देशमा र वरपर चीनको बढ्दो सैन्य गतिविधिबारे पनि ध्यानाकर्षण गराएका छौँ । ’

जापानले आयोजना गर्न लागेको जी–७ को बैठकमा बेइजिङको बढ्दो क्षेत्रीय आक्रामकताबारे छलफल हुने सम्भावना छ ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  २०:३५
प्रतिक्रिया दिनुहोस्