२० अंकले घट्यो सेयर बजार, १ अर्ब २० करोडको कारोबार

आइतबार, चैत १९, २०७९

काठमाडौँ– साताको पहिलो दिन आइतबार २० अंकले घटेको छ । आइतबार १.०५ प्रतिशतले घटेको सेयर बजारमा ३७ लाख ३७ हजार २४१ कित्ता सेयर किनबेच भयो । जसबाट १ अर्ब २० करोड ७१ लाख बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजार १८८८.५५ बिन्दुमा आएर बन्द भएको छ । 

आज १८९ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ कम्पनीको सेयर मूल्य मात्र बढेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्