चीनका शीर्ष विधायक र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

शनिबार, चैत १८, २०७९

बेइजिङ- चीनका शीर्ष विधायक झाओ लेजीले शुक्रबार बेइजिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन् । सो अवसरमा नेसनल पिपुल्स काङ्ग्रेस (एनपिसी) स्थायी समितिका अध्यक्ष झाओले चीन–स्पेन सहयोगको बलियो आधार रहेको भन्दै त्यसलाई अझ व्यापक बनाउन आवश्यक रहेको बताएका छन् ।

यस वर्ष चीन–स्पेन कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका साथै चीन(इयु व्यापक रणनीतिक साझेदारीको स्थापनाको २०औँ वार्षिकोत्सव मनाइँदै छ । उक्त भेटमा झाओले आपसी विश्वास र मित्रतालाई अझ प्रगाढ बनाउने प्रयास गर्नुपर्ने बताएका छन् ।

त्यसैगरी व्यावहारिक सहयोगका लागि प्रतिबद्ध रहन र संयुक्त रूपमा चीन(ईयु सम्बन्धको स्थिर विकासलाई कायम राख्नुपर्ने झाओको धारणा रहेको छ ।

झाओले चीनको एनपीसीले स्पेनसँग थुप्रै क्षेत्रमा मैत्रीपूर्ण आदानप्रदानलाई  बलियो बनाउन एवं कानुन सुपरिवेक्षणमा विभिन्न विषयलाई आदानप्रदान गर्दै थप सुदृढ गर्न र बहुपक्षीय मञ्चहरूमा नजिकबाट समन्वय र सहयोग गर्न इच्छुक रहेको पनि बताएका छन् । 

यसैगरी प्रधानमन्त्री सान्चेजले स्पेनले चीनसँगको सम्बन्ध विकासलाई ठूलो महत्त्व दिएको र एक चीन सिद्धान्तलाई दृढतापूर्वक पालना गर्ने बताउनु भएको छ ।

स्पेन–चीन र इयू–चीन सम्बन्धको विकासलाई प्रवर्द्धन गर्न स्पेनी पक्ष चीनसँग व्यापार, लगानी, संस्कृति र अन्य क्षेत्रमा आदानप्रदान र सहयोगलाई थप विस्तार गर्न तयार रहेको पनि सान्चेजले बताए ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्