Nic Ad Nic Ad
Nic Ad Nic Ad

मिटरब्याजीहरूको कनेक्सन प्रहरी, प्रशासन र राज्यसँग छ : प्रधानमन्त्री

शनिबार, चैत १८, २०७९

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितलाई न्याय दिन सरकार गम्भीर रहेको प्रतिवद्धता जनाएका छन् ।

शनिबार बिहान बालुवाटारमा मिटरब्याज पीडितहरूसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले मिटरब्याजीहरूलाई कारबाही गर्न ऐन बनाउने प्रक्रिया अन्तिम चरणमा रहेको पनि बताए ।

‘मिटरब्याजीहरूलाई कानूनी दायरमा ल्याउने प्रक्रिया अन्तिम चरणमा छ । ‘तपाईँहरूको पनि सुझाव लिएर प्रभावकारी ढंगले व्यावहारिक रूपमा  कार्यान्वयन गर्न र कारबाही गर्नुपर्छ,’ उनले भने, ‘मिटर ब्याज पीडितलाई न्याय दिन र दोषीलाई कारबाही गर्न ऐन नै छैन । म आएपछि ऐन बनाउने प्रक्रिया अन्तिम चरणमा छ ।’

प्रधानमन्त्री प्रचण्डले मिटरब्याजीहरूको कनेक्सन प्रहरी, प्रशासन र राज्यसँग रहेको पनि बताए । ‘मिटर ब्याजको समस्या समाधान गर्न सजिलो रहेनछ । उनीहरूको राज्य, प्रशासन र प्रहरीसँग कनेक्सन र सेटिङ छ । मैले बुझिसकेको छु । सबै प्रहरी, हाकिम त्यस्ता छन् भनेको होइन । तर, पावर प्रयोग गरेर तपाईँहरूमाथि अत्याचार गर्ने कुरालाई बचाइ राख्न चाहन्छन् । तपाईँहरूका माग पूरा गर्न म तयार छु । तपाईँहरू ढुक्क भए हुन्छ । यो ठूलो लडाईँ हो । यो ब्याटल हामीले जित्नुपर्छ,’ उनले भने । 

उनले मिटरब्याजी पीडितलाई न्याय दिन नै नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याएको दाबी गरे । ‘हिजो सरकारलाई पूर्णता दिने क्रममा गृह मन्त्रालय हाम्रै साथीलाई दिएको छु । उहाँको उद्देश्य मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न आफ्नो एजेण्डाको पहिलो नम्बरमा रहको बताए सक्नु भएको छ । यो पनि तपाईंहरूको समस्या समाधानका लागि सरकार गम्भीर छ भन्ने प्रमाण हो,’ उनले भने । 

meter buaji pidit1680327227.jpg

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्