शनिबार ३ वटा प्रदेशमा वर्षाको सम्भावना

शुक्रबार, चैत १७, २०७९

काठमाडौं –शनिबार देशका तीनवटा प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

शनिबार राति देशका पहाडी भ–भागका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  २१:५१
प्रतिक्रिया दिनुहोस्