Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘दोहोरी आइडल’को अडिसन हुने

शुक्रबार, चैत १७, २०७९

काठमाडौं –लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन सुरु हुने तयारीमा छ । डिजिटल अडिसन सकिएको आयोजकले जनाएको छ । यसैबीच आयोजकले भोटिङ्ग पार्टनरको रुपमा इसेवा रहेको जनाएको छ ।

नेपालका प्रतिष्ठित ४२ कलाकारहरुबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहने छन् । नेपालमा पहिलो पटक लिग स्तरीय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए ।

डीएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्ने छन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन् । दोहोरी आइडलको छिट्टै नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  २१:१७
प्रतिक्रिया दिनुहोस्