नेभिगेशन
समाज विविध

गाडी दुर्घटनामा ३ जनाको मृत्यु, १० घाइते

नुवाकोट–नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४, कोल्फुमा शुक्रबार टाटा सुमो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा १० जना घाइते भएको नुवाकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ, सोही ठाउँका १६ वर्षीया मनमाया तामाङ र वडा नं ७ की ४५ वर्षीया सानुकान्छी तामाङ रहेको डीएसपी खड्काले जानकारी दिए । छिरिङ र मनमायाको घटनास्थलमा र सानुकान्छीको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुप्चेश्वरबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ३९८४ नम्बरको गाडी अनियन्त्रित भइ सडक छेउबाट ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध