नेभिगेशन
समाज विविध

‘कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्छ’: प्रभु साह

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुक सुहाउँदो कानुन बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबार बसेको बैठकमा सांसद साहले कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्ने बताएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा सहभागी साहले व्यवहारिक रूपमा सोचेर कानुन निर्माण गर्नुपर्ने बताए ।

संविधानमा ३१ वटा मौलिक हक राखिएको तर कार्यान्वयन एउटा पनि हुन नसकेको उनको भनाइ छ । ‘हाम्रो संविधानमा ३१ वटा मौलिक हक छन् । दुनियाँमा नभएको मौलिक हक छ । तर कार्यान्वयन एउटा पनि भएको छैन,’उनले भने, ‘त्यो कुराको हेक्का राख्नुपर्छ । हामीले कानुन बनाउँदा उड्ने होइन की धर्तीलाई सुहाउँदो हुनुपर्छ । वस्तुवादी हुनुपर्छ । सबैलाई स्वीकार्य हुनुपर्छ । सबैले स्विकार्ने खालको हुनुपर्छ ।’

साहले समितिको बैठक कार्यतालिका बनाएर चलाउन माग गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध