नेभिगेशन
समाज विविध

५५८ जनाले एकैपटक मादल बजाएर बनाएको कीर्तिमानलाई वल्र्ड बुक अफ रेकर्डसको प्रमाणपत्र

काठमाडौं –नेपाली सेनाले गत फागुन ४ गते ५५८ जनाले एकैपटक मादल बजाएर कीर्तिमानी कायम गरेको वल्र्ड बुक अफ रेकर्डस लन्डनबाट प्रमाणपत्र प्राप्त गरेको छ ।

वल्र्ड बुक अफ रेकर्डसका प्रतिनिधिहरुले नेपाली सेनाका ५५८ जनाले एकैसाथ मादलबाट विभिन्न धुनहरु प्रस्तुत गरेर कायम गरेको विश्व कीर्तिमानको मूल प्रमाण–पत्र प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरे । 

श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवस अर्थात डीपीआर एण्ड आईका अवसरमा शुक्रबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले विभिन्न विधामा पुरस्कार समेत वितरण गरे ।

समारोहमा नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०७९ का उत्कृष्ट पाँच चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण, सेना दिवस समारोह २०७९ को अवसरमा प्रकाशित सिपाही वार्षिक र सैनिक कमाण्ड तथा स्टाफ कलेजद्वारा यस वर्ष प्रकाशित शिवपुरी जर्नलका उत्कृष्ट लेख रचनाका सर्जकहरु एवं मूल्याङ्कन समितिका सदस्यहरुलाई प्रमाण–पत्र तथा पुरस्कार वितरण गरिएको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध