ओलम्पिक छनोट : यस्तो छ भियतनामविरूद्ध खेल्ने नेपाली टिम

शुक्रबार, चैत १७, २०७९

काठमाडौं –सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने ओलम्पिकको महिला फुटबलको एसियाली छनोटको पहिलो चरणका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ ।

राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले शुक्रबार २२ सदस्यीय टोलीको घोषणा गरेका छन् ।

नेपालले दशरथ रंगशालामा चैत २२ र २५ गते भियतनामसँग दुई खेल खेल्नेछ । दुवै खेल साँझ ६ बजे सुरु हुनेछन् ।

समूह ‘सी’ मा रहेका अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच दुई खेल हुन लागेको हो । 

दुई खेलको आधारमा अघि रहने टिम दोस्रो चरणमा प्रवेश गर्नेछ । एसियाली छनोट राउण्ड १ मा प्रतिस्पर्धा गर्ने २६ टिमले सात समूहमा प्रतिस्पर्धा गर्दैछन् । 

प्रत्येक समूहका विजेता राउन्ड २ मा पुग्नेछन् । जहाँ उत्तर कोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया पुगिसकेका छन् । 

अष्ट्रेलिया २०२० टोकियो ओलम्पिकमा चौथो स्थानमा रह्यो भने जापान क्वार्टरफाइनलमा स्विडेनसँग पराजित भएको थियो । चीन भने समूह चरणबाटै बाहिरिएको थियो ।

राउण्ड २ मा चार टिम सम्मिलिन तीन समूह हुनेछन् । विजेता र उत्कृष्ट उपविजेता राउन्ड ३ मा पुग्नेछन् ।  

राउन्ड ३ मा होम एन्ड अवेका आधारमा भिडन्त हुनेछन् । विजेता टिम ओलम्पिकमा छनोट हुनेछन् ।

नेपाली टिम

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : समीक्षा घिमिरे, हिराकुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना, सिर्जना चेम्जोङ

मिडफिल्डर : रेणुका नगरकोटी, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अनिता केसी

फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्