सेयर बजारमा सामान्य सुधार, ८४ करोडमा झर्‍यो कारोबार

बुधबार, चैत १५, २०७९

काठमाडौँ– साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । नेप्सेका अनुसार, बुधबार सेयर १.०२ अंकले वृद्धि भएको छ ।ब

बुधबार को ०.०५ प्रतिशतले बढेको सेयर बजारमा २५ लाख ३९ हजार ४८ कित्ता सेयर किनबेच हुँदा सेयर कारोबारमा समेत असर देखिएको छ । अर्थात, अर्बमा हुने सेयर बजारको कारोबार करोडमा झरेको छ ।

८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार १९१९.४२ बिन्दुमा आएर सेयर कारोबार बन्द भएको छ ।

सेयर सामान्य बढे पनि ११४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८७ कम्पनीको सेयर मूल्य मात्र बढेको छ । नेप्सेका अनुसार, १५ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तत आएको छैन् ।

सुपरमाइ हाइड्रोपावर लिमिटेडको १० प्रतिशतको सर्किट लेभलको कारोबार गरेको छ । कालिन्चोक दर्शन लिमिटेडले ९.९९ प्रतिशत र धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले ५.१७ प्रतिशतले नाफा कमाए । 

खप्तड लघुवित्त वित्तिय संस्था लिमिटेडले ४.४१ प्रतिशतले घाटा ब्यहरेको छ ।  सबैभन्दा बढी सेयर कारोबार एनआइसी एसिया बैंकको भएको छ । बैंकले बुधबार ३ करोड ५६ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सवैभन्दा बढी ग्लोबल आइएमइ बैंक लिमिटेडको प्रमोटर सेयरको १ लाख ५ हजार १५२ कित्ता सेयर किनबेच भएको छ भने एसियन हाइड्रो लिमिटेडको सबैभन्दा बढी ३६३८ पटक सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार