केन्दीय सरकार नटिक्दा स्थानीय सरकारलाई काम गर्न असहज : मेयर बालेन

बुधबार, चैत १५, २०७९

काठमाडौं –काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थिर हुँदा स्थानीय सरकारलाई काम गर्न गाह्रो भएको बताएका छन् ।

काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएको न्यायिक सम्मेलनमा मेयर बालेनले केन्द्र सरकार टिकिरहने हो भने स्थानीय तहलाई पनि सजिलो हुने बताए ।

केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने बालेनको धारणा छ । 

उनले सरकार भनेको स्थानीय पालिकासम्म छ भन्ने अभाष दिलाउनु सक्नुपर्नेमा जोड दिए । उनले भने, ‘आफ्नै पालिकामा न्याय प्राप्त होस्, न्यायका लागि ११ दिन हिँडेर काठमाडौं आउनु नपरोस् ।’ मेयर साहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभई पालिका पालिकामा छ भन्ने अनुभुति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए । 

उनले काठमाडौं महानगरले वागमती सभ्यता जोगाउन पहल गरिरहेको भन्दै सरकारलाई सहज गरिदिन आग्रह गरे । उनले पहिला भएका सम्पती र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिने धारणा राखे ।

भोलिसम्म चल्ने सम्मेलनमा देशभरका ४०० बढी उपप्रमुख तथा न्यायिक समितिका सदस्यहरू उपस्थित छन् । सम्मेलनमा न्यायिक समितिसम्बन्धी चार वटा कार्यपत्र प्रस्तुत हुनेछ भने काठमाडौं घोषणापत्र समेत जारी गर्ने कार्यक्रम छ ।

.

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १३:२०
प्रतिक्रिया दिनुहोस्