नेभिगेशन
समाचार

चोरबाटोबाट संसद् छिर्न बारा–२ मा उपनिर्वाचनको षड्यन्त्र रचियो : सिके राउत

काठमाडौं – जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टी जनताको उद्दारका लागि मात्रै नभएर अन्यायमा परेका नेताहरूको पनि उद्दारका लागि बनेकोे दाबी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष राउतले माओवादी केन्द्रबाट शिवचन्द्र कुशवाहा पटक–पटक अन्याय र बहिस्करणमा परेको दाबी गरे । उनले कुशवाहालाई उद्दार गरी आफ्नो पार्टीमा भित्रियाएको पनि बताचए ।

बारा–२ मा हुने उपनिर्वाचनमा कुशवाहा पार्टीको उम्मेदवार बन्ने र उनलाई जिताएरै छाड्ने राउतको दाबी छ ।

जनमत पार्टीले विभिन्न पार्टीमा रहेर विभिन्न आन्दोलनको नेतृत्व गरेका तर बहिस्करण र अन्यायमा परेका नेताहरूको सम्मान गर्दै आएको उनले बताए । 

राउतले बारा–२ मा षड्यन्त्र गरेर सिट खाली गराउने काम भएको दाबी गरे । ‘षड्यन्त्र गरेर कसैलाई चोरबाटोबाट संसद छिराउनका लागि जालझेल रचियो । बारा–२ मा जवर्जस्ती सिट खाली गर्न लगाइयो । त्यहाँका जनताको जनमतको अपमान भयो । भोट दिएको तीन महिना नगुग्दै खाली गराउनु भनेको जनमतको घोर अपमान हो’, उनले भने ।

बारा –२ को उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार नस्वीकार्ने पनि राउतले बताए ।

गठबन्धनको नाममा बाहिरबाट नेता ल्याएर उम्मेदवार बनाउने काम स्वीकार्य नहुने उनको भनाइ छ । 

गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका जसपा अध्यक्ष यादव सीके राउतसँग पराजित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार