नेभिगेशन
खेलकुद

एपिएफलाई हराउँदै केरलाको क्लब विराट गोल्डकपको फाइनलमा

मोरङ– साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारतस्थित केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रङ्गशालामा गए राति सम्पन्न भएको सेमिफाइनल खेलमा एपिएफलाई टाइब्रेकरमा ४–२  गोलले हराउँदै लुका सकर फाइनलमा प्रवेश गरेको हो । लुका सकरको तर्फबाट चाल्र्स, रफी, अर्सद र पलले गोल गरेका थिए । यस्तै एपिएफको तर्फबाट दीपेश धिमाल र सविन गुरूङले गोल गरे । 

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा दुवै टोलीले गोलरहित खेल खेलेपछि छिनोफानो टाइब्रेकरबाट भएको हो । खेलको म्यान अफ द म्याच लुका सकरका गोलकिपर महमद सरफिर घोषित भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरे । यही चैत १६ गते हुने फाइनलमा लुका सकरले विराटनगर सिटीसित खेल्नेछ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

रोकिएको आइपिएल शनिबारदेखि हुने