आजको मौसम :

देशका पहाडी भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

मंगलबार, चैत १४, २०७९

काठमाडौँ– आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भागमा मौसम सामान्यतया सफा रहने छ । 

यर्सैगरी, देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ । 

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०६:२९
प्रतिक्रिया दिनुहोस्