२६.८७ अंकले घट्यो शेयर बजार, १ अर्ब २८ करोडको कारोबार

आइतबार, चैत १२, २०७९

काठमाडौँ– साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार १.४० प्रतिशतले घटेको सेयर बजारमा ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर किनबेच भयो । जसबाट १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ सेयर कारोबार भएको हो ।

आइतबार सेयर बजार १८८८.२७ बिन्दुमा आएर बन्द भयो । सेयर घटे पनि मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, एसियन हाइड्रोपावर लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडले नाफा कमाए । 

३ कम्पनीले १० प्रतिशतको सेयर घाटा ब्यहोरे । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तियय संस्था लिमिटेडले १० प्रतिशतको हाराहारीमा घाटा ब्यहोरे ।

आइतबार सबैभन्दा बढी कारोबार हिमालय डिस्ट्रिलरी लिमिटेडको भएको छ । उक्त कम्पनीको ८ करोड ६२ लाख ८८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 

सबैभन्दा बढी सेयर कित्ता किनबेच हुनेमा एनआइसी एसिया ग्रोथ फन्ड परेको छ । कम्पनीको १ लाख २३ हजार ३०० कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी हिमालय डिस्ट्रिलरी लिमिटेडको १४१८ पटक कारोबार भएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १५:३४
प्रतिक्रिया दिनुहोस्