प्रचण्डबाट धोका भयो : एमाले उपाध्यक्ष पौडेल

आइतबार, चैत १२, २०७९

सुर्खेत –नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले देश अस्थिरतातर्फ जथान लागेको संकेत देखिएको बताएका छन् । अहिलेको घटनाक्रमहरू हेर्दा देश अनिश्चितताको जाने निश्चित जस्तै रहेको पौडेलले बताए ।

सुर्खेत विमानस्थलमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि नबढाउने आरोप लगाए ।

‘मुलुक अहिले ठूलो आर्थिक संकटमा छ, तर यो सरकारको त्यतातिर ध्यान छैन । पद र जिम्मेवारीमा मात्रै गठबन्धनको ध्यान छ । यो गठबन्धनको सरकारबाट केही आष गर्न सकिदैन्,’ उनले भने ।

पौडेलले जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेको पनि टिप्प्णी गरे ।

प्रधानमन्त्री प्रचण्डले संसदबाट दोस्रो पटक विश्वासको मत पाएको लामो समय बित्दा पनि मन्त्रिपरिषद विस्तार नगरेर गठबन्धनले तमासा गरिरहेको टिप्पणी गरे ।

उनले निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि  राजनीतिक समीकरण बदलिने स्थित आएपछि  माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको बताए । उनले भने–‘त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो । यद्यपि प्रचण्डले धोका दिनुभयो ।’

पौडेलले गत पुस १० को गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले एमालेलेलाई धोका दिएको बताए । ‘चुनावी गठबन्धनबाट सरकार बन्न नसक्ने भएपछि उहाँलाई केही सर्तसहित हामीले उहाँलाई साथ दियौं । तर उहाँले धोका दिएर जानुभयो,’ उनले भने । यो प्रतिनिधि सभाबाट राजनीतिक स्थायित्व सम्भव नरहेको पौडेलेको दाबी छ ।

पौडेलले अहिले निर्माण भएको गठबन्धनको सरकारमा विदेशी हस्तक्षेप भएको दाबी गरे । देशभित्रका दल मात्रै नभएर विदेशी हस्तक्षेपबाट सरकार गठन भएको उनको जिकिर छ ।

उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए । पौडेल सुदूरपश्चिमको अछाम जाने क्रममा सुर्खेत आएका थिए ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ११:३८
प्रतिक्रिया दिनुहोस्