नेभिगेशन
समाज विविध

साहाराविहीन बालबालिकालाई पढाउँदै विदेशी

तुलसीपुर– दाङ तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अङ्ग्रेजी सिकाउन थालेका छन् । 

तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित ‘बोइज शाखा’मा दुई जना डेनमार्कका नागरिक ल्याएर बालबालिकालाई अङ्ग्रेजी सिकाउन थालिएको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताए ।

‘बालबालिकाको अङ्ग्रेजी शिक्षा राम्रो बनाउन मैले डेनमार्कबाट दुई जनालाई बोलाएकी हुँ,’ उनले भने, ‘उहाँहरू दुई महिना बसेर शिक्षा दिनुहुनेछ ।’  

अहिले संस्थाले १० छात्रलाई बखरियामा राखेको छ भने तुलसीपुर–६ डुम्रीगाउँमा २२ छात्रालाई राखिएको छ । थोमस र एडमले बालबालिकालाई शिक्षा दिइरहेका छन् । उक्त संस्थाले साहाराविहीन बालबालिकालाई आश्रय दिइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चार दिन प्रि-बजेट छलफल हुने