केन्द्रीय लाइन पुगेपछि खुसीयाली

बिहीबार, चैत ९, २०७९

बागलुङ-बागलुङको बरेङ गाउँपालिका–१ ओखरेनी र छापगाउँमा पहिलो पटक मङसिर २०५९ सालमा बिजुली बल्यो ।

गाउँमा बिजुली बलेपछि यहाँको जनजीवन अँध्यारोबाट उज्यालोतर्फ उन्मुख भयो । स्थानीयको मेहनत र तत्कालीन जिल्ला विकास समितिको सहयोगमा निर्माण भएको पालुङखोला लघु जलविद्युत् आयोजनाले २० वर्ष गाउँ उज्यालो बनायो । 

२० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाबाट उत्पादित विजुली बढ्दो जनसङ्ख्या र खपत बढ्दै जाँदा अपुग हुन थालेको थियो । आयोजनाबाट उत्पादित विद्युतबाट स्थानीयले बत्ती बाल्ने, स–साना मिल र इलोक्ट्रोनिक सामान चार्ज गर्न मात्रै गर्ने गर्थे । अहिले पनि विद्युत् आयोजना सञ्चालनमा छ । 

नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले केन्द्रीय प्रशारण लाइन गाउँमा पु¥याएपछि स्थानीयमा खुसीयाली छाएको छ । अब ठूला मेसिनरी सामान सञ्चालन गर्न सक्ने अवस्था भएको छ । 

पालुङखोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष सकसबहादुर क्षेत्रीले लघु जलविद्युतले स्थानीयको जीवनमा ठूलो परिवर्तन लिएको सुनाउँदै अब केन्द्रीय प्रसारण लाइन पुगेपछि थप परिवर्तन ल्याउने बताउँछन् ।

लघु जलविद्युत पुरानो हुँदै गएको र बेलाबेलामा सामान्य समस्या आइपर्ने गरेको तर अब भने त्यस्तो समस्या नआउने उनको विश्वास छ । अध्यक्ष क्षेत्रीले भने, ‘२० वर्षअघि गाउँमा बिजुली बल्दा धेरै दङ्ग परेका थिए, पछिल्लो समय बिजुली खपत बढेको थियो । अब केन्द्रीय प्रसारण लाइन आएपछि पहिलेको तुलनामा केही सहज हुनेमा विश्वास छ ।’

विद्युत् प्राधिकरण्लो बरेङ गाउँपालिका छापा र ओखरेनीका १५० घरसँगै जैमिनी नगरपालिका–४, ८, ९ र १० वडाका १५० गरी ३ सय घरमा केही हप्ता अगाडि मात्रै केन्द्रीय प्रशारण लाइन पु¥याएको छ । 

लघु जलविद्युतको भरमा रहेका स्थानीयलाई केन्द्रीय प्रसारण लाइन पुगेपछि ठूलो राहत दिलाउने प्राधिकरणले जनाएको छ । 

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जिल्लाभर केन्द्रीय प्रशारण लाइनलाइन विस्तारलाई तीव्रता दिएको बताए । स्थानीयको समस्या र आवश्यकतालाई हेरेर प्राधिकरणले विद्युत् विस्तार गरिरहेको उनको भनाइ छ । 

ओखेरी, छापा र बजैमिनीका विभिन्न वडामा केन्द्रीय प्रसारण लाइन पुगेपछि स्थानीय अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको छ । यस्तै जिल्ला सदरमुकासँग जोेडिएका पालिकाका सबै गाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको छ ।

जिल्लाका विभिन्न स्थानमा विद्युत् विस्तारका लागि यसवर्ष प्राधिकरणबाट १ करोड र नेपाल सरकारबाट ९३ लाख रुपैयाँ विनियोजन भएको थियो । केही महिना अगाडि पश्चिम बागलुङका सबै पालिकामा विद्युतीकरणका लागि १४ करोड ५६ लाख रुपैयाँ बजेट स्वीकृत भएर ठेक्का प्रक्रियामा गएको छ ।

अगामी २ वर्षभित्र बागलुङका सबै बस्तीमा केन्द्रीय प्रशारण लाइन पुग्ने भएको छ । विद्युत् प्राधिकरणले पश्चिम बागलुङका पालिकालाई ‘फोकस’ गरेर काम गरी रहेको प्रमुख मरासेनीको भनाइ छ । उनले ताराखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको र गलकोटको रमुवामा मात्रै बाँकी रहेको बताइन् ।

बडिगाडको खार बजार र रमुवाका करिब ३ सय घरमा विद्युत जडान सुरु गरिएको छ । सदरमुकाम क्षेत्रतर्फ जैमिनीको सर्कुवा बाहेक सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको छ । बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिकाको सबै ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको छ भने अब ढोरपाटन, निसीखोला, बडिगाड र तमानखोलामा काम सुरु गरिने छ ।

जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका २ ५० घरमा केही महिना अगाडि मात्रै केन्द्रीय प्रसारण लाइन पुगेको छ । पश्चिम बागलुङका लागि गलकोटमा सवस्टेशन निर्माण गरेर सञ्चालन गरेको र बुर्तिबाङमा पनि १३२ केभीको सवस्टेशन निर्माण भइरहको छ । यसवर्ष नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय प्रसारण लाइन पु¥याउने गरी काम तीव्र गरिमा गरिरहेको मरासेनीले जानकारी दिइन् ।

‘अबको २ वर्षभित्र जिल्लाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइन पुग्छ, अहिले सोहीअनुसार काम गरेका छौँ”, उनले भनिन्, ‘पूर्वी क्षेत्रको अधिकांश ठाउँमा विद्युत् बलिसकेको छ, अब हामीहरुले पश्मिच क्षेत्रलाई ‘फोकस’ गरेका काम गरेका छौँ ।’

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्