नेभिगेशन
विश्व

नोर्ड स्ट्रिम विष्फोट अनुसन्धानबारे रुसको मस्यौदा प्रस्तावमा चीनको समर्थन

बेइजिङ– चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नर्ड स्ट्रिम पाइपलाइनको विषयमा रुसले तयार गरेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् (युएनएससी)को मस्यौदा प्रस्तावलाई चीनले समर्थन गरेको बताएका छन् । 

गत फेब्रुअरीमा सुरक्षा परिषद्मा ग्यास पाइपलाइन प्रकरणमा अन्तर्राष्ट्रिय स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गर्दै रुसले तयार पारेको प्रस्तावको मस्यौदाबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा वाङले उक्त टिप्पणी गरेका हुन् । 

रुसले मस्यौदामाथि मौन प्रक्रिया सुरु गरेको भनिएको छ, तर संयुक्त राज्य अमेरिका र युएनएससीका केही अन्य पश्चिमी सदस्य राष्ट्रहरूले मौनता तोडेर त्यस्तो आयोगप्रति आपत्ति जनाएका थिए ।

नोर्ड स्ट्रिम पाइपलाइन विष्फोट को महत्वपूर्ण प्रभावलाई उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायका अधिकांश सदस्यहरूले सत्य पत्ता लगाउन आग्रह गरेको वाङले बताए । 

‘रुसले प्रस्ताव गरेको प्रस्तावको मस्यौदा संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय अनुसन्धानलाई बढावा दिनका लागि हो,’ वाङले भने, ‘चीन यस विचारसँग सहमत छ र मस्यौदालाई समर्थन गर्दछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट