नवयुगको आकर्षक गोलमा नेपालको अग्रता दोब्बर

बुधबार, चैत ८, २०७९

काठमाडौँ– प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेलमा लाओसविरुद्ध नेपाली राष्ट्रिय फुटबल टिमले अग्रता दोब्बर बनाएको छ।

दशरथ रंगशालामा जारी आजको पहिलो खेलमा नेपालका लागि नवयुग श्रेष्ठले खेलको ५६ औँ मिनेटमा  ३५ यार्डबाट गरेको प्रहार गोलमा परिणत भएपछि नेपालले अग्रता दोब्बर बनाएको हो ।

श्रेष्ठले ३५ यार्डबाट गरेको प्रहार लाओसका गोरक्षक सौभान्शोकले राम्रो जर्ज गर्न सकेनन् । नवयुगको गोलसँगै नेपालले सहज अग्रता हासिल गरेको छ । 

यसअघि नेपालले अनन्त तामाङले गोलमार्फत नेपाललाई अग्रता लिएको थियो । उनले ३० औँ मिनेटमा एरिक विष्टको कर्नरमा आकर्षक हेड गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन । 

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १९:४६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार