फेसबुकको इन्स्टान्ट आर्टिकल बन्द हुँदै

बुधबार, चैत ८, २०७९

काठमाडौं –फेसबुकको मुख्य कम्पनी मेटाले अप्रिलदेखि इन्स्टान्ट आर्टिकल बन्द गर्ने भएको छ । सन् २०१५ मा मेटाले फेसबुकमै ‘एचटीएमएल डोकुमेन्ट फर्मेट’का रूपमा इन्स्टान्ट आर्टिकल सञ्चालनमा ल्याएको थियो ।

कुनै पनि वेबसाइटले आफ्नो फेसबुक पेजमा लिंकसहित समाचार सेयर गर्दा उक्त समाचार सम्बन्धित वेबसाइटमै गएर खुल्छ । तर, इन्स्टान्ट आर्टिकलका रूपमा सेयर गरिएमा उक्त पूरै समाचार फेसबकुमै चार गुणा छिटो खुल्छ ।

इन्स्टान्ट आर्टिकलका रूपमा देखिने समाचारका बीचमा फेसबुकले विज्ञापन देखाउँछ । त्यसबापतको रकम फेसबुकले समाचार प्रकाशकलाई पनि दिन्छ ।

इन्स्टान्ट आर्टिकल बन्द गर्ने, समाचार देखाउन सञ्चालनमा ल्याएको न्युज ट्याब र बुलेटिन न्युजलेटर पनि बन्द गरेसँगै मेटाले समाचार स्रोतहरूमा आफ्नो लगानी घटाउँदै लगेको देखिन्छ ।

इन्स्टान्ट आर्टिकल बन्द गर्नेबारेमा मेटाकी प्रवक्ता एरिन मिलरले गएको अक्टोबरमै घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्