कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना : ४ जनाको मत्यु

मंगलबार, चैत ७, २०७९

बोगोटा– कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।आइतबार साँझ भएको सो होलिकप्टर दुर्घटनाको समाचारको यहाँको सेनाले पुष्टि गरेको छ ।

सो हेलिकोप्टर राजधानी सहरमा नै भएको र त्यसमा रहेका चारजना सैनिककै ज्यान गएको यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् । उनले राजधानी सहरमा यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा रहेका चार जनाकै ज्यान गएको बताएका हु्न् ।

उनले सेनाका लागि आवश्यक सामग्री लिएर गएको हेलिकप्टर दुर्घटनामा परेको जानकारी दिए । यहाँको सेनाका प्रमुखले सो दुर्घटनाका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका छन् । उनले हेलिकोप्टर दुर्घटनाको कारणका बारेमा अनुसन्धान सुरु भएको जानकारी दिएका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०५:५०
प्रतिक्रिया दिनुहोस्