त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा निर्वाचन अझै सुरु भएन

आइतबार, चैत ५, २०७९

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय(त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु निर्वाचन अझै सुरु हुन सकेको छैन । तयारी पूरा भए पनि केही प्रतिनिधि आएर हस्ताक्षर गर्न बाँकी भएकाले मतदानमा ढिलाइ भएको हो ।

मतदानको समय बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म निर्धारण गरिएको छ ।  निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरुले मुख्य प्रवेशद्वारमा परिचयपत्र हेरेरमात्र प्रवेश गर्न दिएका छन् ।
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्