निःशुल्क रोजगारमूलक तालिम

शनिबार, चैत ४, २०७९

दोलखा –सदरमुकाम चरिकोटमा युवाहरूलाई निःशुल्क रोजगारमूलक तालिम दिइएको छ।  जिल्ला युवा समिति दोलखाको आयोजना तथा युवा परिषद् बागमती प्रदेशको सहयोगमा बेरोजगार न्यूनीकरण गर्ने उद्देश्यले युवालाई निःशुल्क वारिष्टा  (कफी मेकर) र होमस्टे तालिम दिन सुरु गरिएको हो । 

तालिम ३९० घण्टा अर्थात् ३ महिनासम्म दिइने जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिए । तालिममा होमस्टे तर्फ २५ जना र वारिष्टा तर्फ २५ जना गरी ५० जना युवाहरू सहभागि छन् । 

सहभागीलाई शक्ति थापाले होमस्टे र निशा तामाङले वारिष्टा सम्बन्धी प्रशिक्षण दिइरहेका छन् । तालिममा उत्कृष्ट हुने र व्यवसाय गर्छु भन्ने जाँगरिला युवालाई प्रदेश युवा समितिले अनुदान स्वरूप ५० हजार रुपैयाँ प्रदान गर्ने जिल्ला युवा समितिका अध्यक्ष भरत कुमार श्रेष्ठले बताए । सीपमूलक तालिमले युवाहरूको बढ्दो बेरोजगारी न्यूनीकरणमा टेवा पु¥याउने अपेक्षा राखिएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्