गोधुली साँझमा काठमाडौंको चित्ताकर्षक दृश्य [तस्बिर कथा]

शनिबार, चैत ४, २०७९

भीडभाड, भागदौड अनि व्यस्त जिन्दगी, यो काठमाडौंको दिनचर्याको छोटो परिभाषा हो । आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ नै छ ।

जताततै कामको चापले काठमाडौंवासीलाई कसैले चिन्दैन । तर, यही व्यस्त शहरमा समय निकाल्ने हो भने मस्त हुन सकिन्छ । 

साँझपख कौसीमा टहलिने मात्र हो भने पनि गोधुली साँझको भरपुर मज्जा टाढा गइरहनु पर्दैन ।

भरियाको दिनभरको थकान मेटाउने बेला, सबै पेशा व्यवसायीको विश्राम लिने बेला, बालबालिकाहरू खेल्दै र रमाउँदै गल्लीहरूमा हँसिलो अनुहार देखिने बेला, मठमन्दिरमा आरती, पूजापाठ र दियोको उज्यालो र गोधुली साँझको मज्जा भरपुर लिन सकिन्छ ।

हिजोआज सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रङ्गीन देखिन्छन् ।

दिउँसोको उज्यालो त सबैले हेर्छन्त र साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर र रोचक छ ।

न्यूज एजेन्सी नेपालको क्यामरामा कैद काठमाडौंको गोधुली साँझको रमणीय दृश्यहरू

81679121918.jpg

71679121907.jpg

61679121892.jpg

51679121880.jpg

21679121793.jpg

31679121851.jpg

41679121866.jpg

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्