युरोपा लिगको क्वार्टरफाइनलमा युनाइटेड र सेभिल्ला आमने–सामने

शनिबार, चैत ४, २०७९

काठमाडौँ– युरोपा लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब सेभिल्ला आमने–सामने हुने भएका छन् ।

शुक्रबार सार्वजनिक भएके ’ड्र’ अनुसार सेमिफाइनल प्रवेशका लागि युनाइटेडले सेभिल्लाको सामना गर्ने भएको हो ।

यस्तै, इटालियन क्लब युभेन्ट्सले पोर्चुगिज स्पोर्टिङ लिस्बनसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी, जर्मन क्लब बायर लेभरकुसनले बेल्जियन क्लब युनियन सेन्ट–गिलोइसेको सामना गर्नेछ ।

त्यस्तै इटालीकै क्लब रोमाले डच क्लब फिएनुर्डसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । 

क्वार्टरफाइनलको पहिलो लेग अप्रिल १३ र दोस्रो लेग २० मा हुनेछ ।
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार