नेभिगेशन
खेलकुद

टेस्ट क्रिकेटमा विराट कोहलीका ७ किर्तिमान

काठमाडौँ - रोहित शर्मापछि अब विराट कोहलीले पनि टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । आगामी इङ्गल्याण्ड सिरिजलाई ध्यानमा राख्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोहलीलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न भनेको भएपनि उनले सोमबार सन्यासको घोषणा गरेका हुन् । 

यसैप्रसंगमा विराट कोहलीका टेस्ट क्रिकेटका प्रमुख ७ किर्तिमानको बारेमा चर्चा गर्दै छौं ।


१. ५००० रन र ५०+ क्याच


विराट ती खेलाडीहरू मध्ये एक हुन् जसले टेस्टमा ५००० भन्दा बढी रन बनाएका छन् र फिल्डिङ गर्दा ५० भन्दा बढी क्याच लिएका छन् । उनले १२३ टेस्टमा ४२.३० को औसतमा ९२३० रन बनाएका छन् भने फिल्डिङ गर्दा १२१ क्याच लिएका छन् । विराट बाहेक, यो किर्तिमान बनाउने भारतीय खेलाडीहरूमा गुन्डप्पा विश्वनाथ, सुनील गावस्कर, दिलीप वेंगसरकर, कपिल देव, मोहम्मद अजहरुद्दीन, सचिन तेन्दुलकर, सौरभ गांगुली, राहुल द्रविड, वीभीएस लक्ष्मण, वीरेन्द्र सहवाग, चेतेश्वर पुजारा र अजिंक्य रहाणे रहेका छन् ।


२- टेस्टको दुवै इनिङमा शतक


विराटले टेस्टको दुवै इनिङमा शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । २०१४ मा, उनले एडिलेडमा अस्ट्रेलियाविरुद्धको टेस्टमा पहिलो इनिङमा ११५ र दोस्रो इनिङमा १४१ रन बनाएका थिए । विराट बाहेक यो सूचीमा भारतका विजय हजारे, सुनील गावस्कर, राहुल द्रविड, अजिंक्य रहाणे र रोहित शर्मा रहेका छन् ।


३- एउटै टेस्टमा शतक र नर्भस ९०


विराट ति खेलाडीहरू मध्ये एक हुन् जसले टेस्टको एउटा इनिङमा शतक बनाएका छन् र अर्को इनिङमा नर्भस ९० हुदै आउट भएका छन् । उनको टेस्ट क्यारियरमा यस्तो दुई पटक भएको छ । २०१३ मा, विराटले जोहानेसबर्गमा दक्षिण अफ्रिका विरुद्धको पहिलो इनिङमा ११९ रन बनाएका थिए भने दोस्रो इनिङमा ९६ रनमा आउट भएका थिए । यसपछि, २०१८ मा, उनले नटिङ्घममा इङ्गल्याण्डविरुद्धको पहिलो इनिङमा ९७ र दोस्रो इनिङमा १०३ रन बनाए । विराट बाहेक यस सूचीमा अन्य भारतीयहरू चन्दु बोर्डे, मोहिन्दर अमरनाथ, सौरभ गांगुली, गौतम गम्भीर र चेतेश्वर पुजारा पनि यसरी आउट भएका थिए ।


४- एउटै टेस्टमा शतक र शून्य


टेस्टमा विराटको नाममा एउटा अनावश्यक रेकर्ड पनि छ । उनी एउटै टेस्टको एउटा इनिङमा शतक बनाउने, अर्को इनिङमा खाता पनि खोल्न नसक्ने खेलाडीहरूको सूचीमा पनि समावेश छन् । २०१७ मा विराटसँग यस्तै भएको थियो । त्यसपछि इडेन गार्डेनमा, विराटले श्रीलंकाविरुद्धको टेस्टको पहिलो इनिङमा आफ्नो खाता खोल्न सकेनन्, जबकि उनले दोस्रो इनिङमा १०४ रनको अविजित इनिङ खेलेका थिए । 


५- टेस्टमा सबैभन्दा धेरै दोहोरो शतक


भारतको लागि टेस्टमा सबैभन्दा धेरै दोहोरो शतक बनाउने कीर्तिमान विराटको नाममा छ । उनले सात दोहोरो शतक बनाएका छन् । यस मामिलामा, उनी समग्र सूचीमा संयुक्त रूपमा चौथो स्थानमा छन् । टेस्टमा सबैभन्दा धेरै दोहोरो शतक बनाउने रेकर्ड सर डन ब्राडम्यानको नाममा छ । उनले १२ दोहोरो शतक बनाएका थिए । यसपछि संगाकारा र ब्रायन लाराको नाम आउछ । भारतीयहरूमा विराटपछि वीरेन्द्र सहवागको नाम आउछ । सेहवागले छ वटा दोहोरो शतक बनाएका थिए ।


६- एकै सिरिजमा सबैभन्दा धेरै दोहोरो शतक


भारतको लागि टेस्ट सिरिजमा सबैभन्दा धेरै दोहोरो शतक बनाउने कीर्तिमान विराटको नाममा छ । उनले २०१७/१८ मा श्रीलंकाविरुद्धको तीन टेस्टको सिरिजमा पाँच इनिङमा दुई दोहोरो शतक बनाएका थिए । श्रीलंकाली टोली भारत भ्रमणमा आएको थियो । यस सिरिजमा उनले ६१० रन बनाए । त्यसपछि उनले श्रीलंका विरुद्ध नागपुर टेस्टमा २१३ रनको इनिङ खेले । यसपछि, उनले दिल्लीमा २४३ रन बनाए । तीन खेलको सिरिज भारतले १-० ले जिटेको थियो । 


७- एकै सिरिजमा सबैभन्दा धेरै शतक


भारतको लागि टेस्ट सिरिजमा सबैभन्दा धेरै शतक बनाउने कीर्तिमान विराटको नाममा छ । उनले यस मामिलामा महान सुनील गावस्करको बराबरी गरेका छन् । गावस्कर र कोहली दुवैको नाममा एकै सिरिजमा चार शतक बनाउने कीर्तिमान छ । विराटले २०१४/१५ मा अष्ट्रेलिया भ्रमणको क्रममा यो किर्तिमान बनाएका थिए । उनले यस सिरिजका चार खेलका आठ इनिङमा ६९२ रन बनाए । उनले एडिलेडमा ११५ र १४१ रन, मेलबर्नमा १६९ र सिड्नीमा १४७ रन बनाए । जबकि, गावस्करले १९७०/७१ मा वेस्ट इन्डिज भ्रमणको क्रममा यो गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

रोकिएको आइपिएल शनिबारदेखि हुने