अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा २ विदेशी टोली रहने

शुक्रबार, चैत ३, २०७९

भोजपुर– अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा नेपालीसहित विदेशी २ टोली सहभागी हुने भएका छन् । 

प्रत्येक वर्ष सञ्चालन हुने जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता चैत १० देखि चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।  

आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालका अनुसार प्रतियोगितामा नेपालभित्रका ६ र विदेशी दुई टिमको सहभागिता हुनेछ । 

जसमा युकेएफसी भारत र एभिनियर फुटबल क्लब क्यामरुन बाहिरी टिमले सहभागिता जनाउनेछन् ।

भोजपुर जिल्ला फुटबल सङ्घ, एनबीवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस् क्लब खोटाङ र बसाहा क्लब उदयपुर नेपाली टिम हुनेछन् । 

सर्वाधिक राशिको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख पाउने भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिता सञ्चालनका लागि करिब ३२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्