‘ए’ डिभिजन लिग : चर्च व्बाइज र मछिन्द्रले अंक बाँडे

शुक्रबार, चैत ३, २०७९

काठमाडौं –सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेड र साविक विजेता मछिन्द्र क्लबले अंक बाँडेका छन् । 

दश खेलाडीमा सीमित बनेको मछिन्द्र र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । 

च्यासल रंगशालामा भएको खेलको पहिलो हाफमा पुजन उपरकोटीले रातो कार्ड पाउँदा मछिन्द्र दश खेलाडीमा सीमित बनेको थियो । 

बराबरीसँगै दोस्रो स्थानको ब्वाइजले ५ खेलबाट ११ अंक जोडेको छ ।  मछिन्द्र ५ खेलबाट ५ अंक जोड्दै ११ स्थानमा छ । 

यता एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेल युथ क्लबले थ्रीस्टारलाई पराजित गरेको छ । 

जितसँगै जावलाखेल ५ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । थ्रीस्टार भने ५ खेबलाट ७ अंक जोड्दै छैटौं स्थानमा छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्