प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल युरोपा लिगबाट बाहिरियो

शुक्रबार, चैत ३, २०७९

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको आर्सनल युइएफए युरोपा लिगबाट भन बाहिरिएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै आर्सनल अन्तिम १६ बाटै बाहिरिएको हो ।

दोस्रो लेगको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । पहिले लेग २–२ को बराबरीमा सकिएको थिया । समग्रमा ३–३ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टी सुटआउटमा आर्सनल ५–३ गोल अन्तरले पराजित भएको हो । 

दोस्रो लेगको खेलमा अग्रता भने आर्सनलले १९ औंँ मिनेटमा ग्रानिट शााकाको गोलमा लिएको थियो । तर, खेलको ६२ औँ मिनेटमा लिस्बन खेलमा फर्कियो । 

पोर्चुगलका खेलाडी परेसा गोन्साल्वेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

प्रतियोगिताको क्वार्टरफाइनल ‘ड्र’ शुक्रबार हुनेछ ।

आर्सनलले प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि पाँच अंकको अग्रता बनाइराखेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार