पोखरामा बसको ठक्करबाट २४ वर्षीया युवतीको मृत्यु

शुक्रबार, चैत ३, २०७९

अन्नपूर्ण– पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
 
कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०९:५१
प्रतिक्रिया दिनुहोस्