बेटिसलाई हराउँदै युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा

शुक्रबार, चैत ३, २०७९

काठमाडौँ– स्पेनिस क्लब रियल बेटिसलाई हराउँदै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा घरेलु टोली बेटिसमाथि १–० को जित निकाल्दै समग्रमा ५–१ को नतिजासहित युनाइटेड क्वार्टरफाइनल प्रवेश गरेको हो । 

युनाइटेडको जितमा मार्कुस रासफोर्डले निर्णायक गोल गरे । उनले खेलको ५५ औँ मिनेटमा गोल गरेका थिए । 

गत हप्ता भएको पहिलो लेगको खेलमा युनाइटेडले घरेलु मैदानमा ५–१ को सानदार जित निकालेको थियो । 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०९:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार