नेपालका बलर युएईका ब्याटरसामु निरीह, सबैभन्दा धेरै कुशल, सोमपाल र सन्दीप चुटिए

बिहीबार, चैत २, २०७९

काठमाडौँ– नेपालका बलरहरू युएईका ब्याटरसामु निरीह बनेका छन् । आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत जारी खेलमा नेपालका ब्याटरहरू युएईका ब्याटरबाट नराम्ररी चुटिएका छन् ।

दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजबंशीबाहेक अन्य बलर सबै नराम्ररी चुटिएका छन् । 

सबैभन्दा बढी चुटिनेमा कुशल मल्ल, सोमपाल कामी र सन्दीप लामिछाने छन् ।

कुशलले ४ ओभर बलिङ गर्दा ३८ रन खाए । उनको इकोनमी सबैभन्दा धेरै अर्थात् ९.५० छ । यस्तै, सोमपालले ९ ओभर बलिङ गर्दा ७४ रन दिए । उनको इकोनमी ८.२२ छ । त्यसपछि सन्दीप चुटिएका छन् । उनको इकोनमी ८ को छ । १० ओभर बलिङ गर्दा उनले ८० रन दिए ।

त्यसपछि गुल्सन झा चुटिए । ८ ओभर बलिङ गरेका उनले ६३ रन खाए । उनको इकोनमी ७.८७ रहेको छ । उनी विकेटविहीन समेत रहे ।

त्यस्तै, आरिफ शेखले ६ को इकोनमीमा बलिङ गरे । १ ओभरमा उनले ६ रन दिँदै विकेटविहीन रहे ।

दीपेन्द्रले भने सबैभन्दा किफायती बलिङ गर्दै २ विकेट लिए । ८ ओभर बलिङ गर्दा उनले १९ रन मात्र दिए । उनको इकोनमी २.३७ ।

यस्तै, ललितले १० ओभर बलिङ गर्दा २७ रन खर्चिएर १ विकेट लिए । उनको इकोनमी २.७० छ ।

मंहगो साबित भए पनि सोमपाल र सन्दीपले समान १ विकेट लिए ।

cricket1678953563.png

युएईले नेपाललाई ३११ सय रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा मात्र ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो ।

युएईका ब्याटरले विष्फोटक ब्याटिङ गरेका थिए ।

आसिफ खानले ४२ बलमै शतकसहित अविजित १०१ रन प्रहार गरेका थिए । यस्तै, ब्रित्य अरविन्दले ९४ रन बनाए ।


 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्