नेभिगेशन
समाज विविध

७ स्रष्टा पुरस्कृत हुने

काठमाडौं । साहित्य कला संगम दमकले ७ स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । संगमले ‘भवानी मिश्र पुरस्कार’बाट चूडामणि रेग्मी, प्रतिभा पौडेल, मुकुन्द प्रयास, हिक्मत नेम्वाङ र युद्धवीर राणालाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

यस्तै ‘साहित्य कलाश्री पुरस्कार’ निवन्धकार युवराज नयाँघरे र ‘तुलसादेवी न्यौपाने स्मृति पुरस्कार’ गायक सीताराम ताजपुरियालाई प्रदान गर्ने घोषणा गरिएको छ । यी सबै पुरस्कारसाथ ३५ हजार रुपैयाँ रहेको छ ।

यी पुरस्कारहरू २५ चैतमा दमकमा आयोजित कार्यक्रममा प्रदान गरिने संगमका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध