‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै, विभागीय टोलीबीच भिडन्त 

बुधबार, चैत १, २०७९

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार दुई खेल हुँदैछन् । 

खेल च्यासल मैदान र दशरथ रंगशालामा हुनेछ । च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीच भिडन्त हुनेछ । 

विभागीय डर्बी प्रतिस्पर्धा दिउँसो २ः३० बजे सुरु हुनेछ । 

यस्तै रंगशालामा हुने खेलमा न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लवबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र मनाङबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार