एकैदिनमा सुनको मूल्य १६ सयले बढ्यो

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं –सुनको मूल्य एकै दिनमा प्रतितोला १६ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १६ सय रुपैयाँले वृद्धि भएर प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ पुगेको हो ।

यसअघि प्रतितोला सुन आइतबार १७ सय र सोमबार ७ सयले बढेको थियो । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २०० कायम भएको छ ।

यस्तै सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ । प्रतितोला चाँदी १३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदी  १२ सय ५५ रूपैयाँमा खरिदबिक्री भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार