‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै

मंगलबार, फागुन ३०, २०७९

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन फुटबलअन्तर्गत आज ३ खेल हुँदैछन् । एक खेल च्यासल मैदानमा हुनेछ भने दुई खेल दशरथ रंगशालामा हुनेछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । संकटा र चर्च ब्वाइजबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । 

संकटा आज दोस्रो जितको खोजीमा हुनेछ । संकटा ३ खेलमा ४ अंक जोडेर आठौँ स्थानमा रहेको छ । नवप्रवेशी चर्च ब्वाइज लगातार चौथो जितको खोजीमा हुनेछ । चर्च ब्वाइज ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । 

यस्तै रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र फ्रेन्ड्सबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । रंगशालामा हुने दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लव भिड्नेछन् । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्