सुनको मूल्य ६०० रुपैयाँ बढ्यो

सोमबार, फागुन २९, २०७९

काठमाडौँ –नेपाली बजारमा सुनको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सुनको मूल्य ६०० रुपैयाँ बढेको हो ।

छापावाल सुन आइतबार १ हजार ७०० रुपैयाँ बढेको थियो । छापावाल सुन तोलामा १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलामा १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । चाँदी तोलामा १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्