नेभिगेशन
समाचार

राष्ट्रपति भण्डारीको कार्यकाल सफल : राउत

काठमाडौं –जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले  राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल रहेको बताएका छन् । उनले आफ्नो फेसबुकमार्फत भनेका छन्, ’राष्ट्रपति विद्या देवी भण्डारीज्यू सात वर्ष राष्ट्रियअध्यक्षको जिम्मेवारी बहन गरेर आज बिदा हुँदै हुनुहुन्छ । पछिल्लो समयमा नागरिकता विधेयक सम्बन्धी हाम्रो केही असहमति रहे तापनि उहाँले सफलता, जिम्मेवारी र सदाशयतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ ।’

नागरिकता विधेयक पारित नगर्दा जनमत पार्टीका कार्यकर्ताले राष्ट्रपति भण्डारीको पुतला पटक जलाएका थिए ।

अध्यक्ष राउतले राष्ट्रपतिको स्थान आफैंमा प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै एउटा गाउँमा आमजनताको घरमा जन्मेको व्यक्ति त्यसमा पनि अझ एकल महिला राष्ट्राध्यक्ष हुन पाउनु आफैंमा सबै नेपालीको लागि प्रेरणा बताएका छन् ।

‘एकल महिला राष्ट्राध्यक्ष हुन पाउनु आफैंमा सबै नेपालीको लागि प्रेरणा हो, यो नै गणतान्त्रिक व्यवस्थाको सुन्दरता हो । अझ हामी जस्ता साधारण गरीब जनताका छोराछोरीहरू राष्ट्राध्यक्षको निवाससम्म गएर भेट्न सक्नु, सीधै कुरा राख्न सक्नु वा अझ जलपान समारोहमा बोलाइनु त्यो गणतान्त्रिक र लोकतान्त्रिक व्यवस्थामा मात्रै आज सम्भव भएको छ’, राउतले भनेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार