नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

आइतबार, फागुन २८, २०७९

दाङ– ४ वर्षिया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले ४ वर्षिया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा ३४ वर्षीय बिराज लम्साललाई पक्राउ गरेको हो ।

घोराही उपमहानगरपालिका १८ घर भई बंगलाचुली गाउँपालिका वडा नंं. ८ मा मजदुरी काम गर्ने  ३४ वर्षीय लम्साललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरबहादुर वलीले जानकारी दिए । 

प्रहरीका अनुसार आरोपित लम्सालले पीडित नाबालिगलाई ललाई–फकाई जबरजस्ती करणी गरेको खुलेको छ । प्रहरीका अनुसार लम्सालले पिडितलाई पैसा दिन्छु भनी खरबारीमा लगेर जबरजस्ती करणी गरी निज पिडितलाई बेहोस अवस्थामा सोही ठाउँमा छोडी भागी गएको भनि पिडितको आमाले जाहेरी दिएकी छन् ।

पिडितको आमाले खोजतलास गर्दै जाने क्रममा पिडितलाइ बेहोस अवस्थामा रहेको योनीबाट रगत निस्केको तथा ओठ समेत सुन्निएको अवस्थामा फेला पारपछि प्रहरीलाई घटनाबारे जानकारी भएको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ  ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  २०:१४
प्रतिक्रिया दिनुहोस्