अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर हुनुपर्छ : महामन्त्री थापा

आइतबार, फागुन २८, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयमा बोल्दै थापाले राजनीतिक दलको सुविधाका लागि दर्जनभन्दा बढी मन्त्रालय खाली राख्न नहुने स्पष्ट पारे ।

'मुलुकको अर्थतन्त्र सुधारमा सरकार गम्भीर हुनुपर्छ,' उनले भने, '५ वर्षका लागि बनेको सरकारले गर्ने काम ५ महिनाभित्रै संकेतका रूपमा देखिनुपर्छ ।'

महामन्त्री थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्