झन्डै २७ अंकले घट्यो नेप्से, १ अर्ब ६६ करोडको कारोबार 

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– साताको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । पुँजी बजार मापक नेप्से परिसूचक २६ अंकभन्दा बढीले घटेको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार बिहीबार परिसूचक २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा कारोबार बन्द भएको छ ।

आइतबार १.३४ प्रतिशतले घटेको सेयर बजारमा ४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ६६ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा १८६ कम्पनीको सेयर मूल्य घटेको छ भने २६ कम्पनीको सेयर मूल्य बढेको छ । ६ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि शिवम् पावर लिमिटेड, नबिल डिवेन्चर र युनिक नेपाल लघुवित्तले भने नाफा कमाएका छन् । 

यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने ६ प्रतिशतभन्दा बढीले घटेको छ । नेप्सेका अनुसार गुडविल फाइनान्स लिमिटेड ६.५५ प्रतिशतले मूल्य घटेको हो ।

आज शिवम् पावर लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ८ करोड २१ लाख ५८ हजार रुपैँया बराबरको सेयर कारोबार भएको छ ।

नेपाल इन्स्फ्रास्टक्चर बैंक लिमिटेडको सबैभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । उक्त कम्पनीको १ लाख ८३ हजार २११ कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर लिमिटेडको ३०९५ पटक कारोबार भएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १५:१६
प्रतिक्रिया दिनुहोस्