‘ए’ डिभिजन लिगमा आज २ खेल हुँदै

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । 

लिगको तेस्रो चरणअन्तर्गत आज एन्फा कम्प्लेक्स सातदोबाटो र एक खेल च्यासल मैदानमा हुनेछ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ । 

मनाङ र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । यस्तै च्यासल मैदानमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

एनआरटी र आर्मीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०९:५७
प्रतिक्रिया दिनुहोस्