नेभिगेशन
समाज विविध

अर्घाखाँचीमा जंगली जनावरबाट खेती जोगाउन मुस्किल, तारजाली वितरण

अर्घाखाँची– जंगली जनावरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफूल खानएर दुःख दिन थालेपछि अर्घाखाँचीको धातिवाङमा तिनीहरूको नियन्त्रण गर्न तारजाली वितरण गरिएको छ । 

बाँदर, बँदेल, दुम्सी, खरायोलगायत चराचुरुंगीले खेतबारीमा लगाएको अन्नबाली खाँदा कृषक हैरान भएकाले पाणिनी–६ धातिवाङमा ९८ कृषकलाई तारजाली वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । रैथाने बालीका रुपमा रहेको मकै, गहुँलगायतका सबै अन्नबालीमा बाँदरले बदमासी गर्दा कृषक हैरान छन् । 

‘बिहानै उठेर साँझ रातिसम्म बारीमा नै चौकीदारी गर्ने बाध्यता कृषकमा छ,’ चालु आर्थिक वर्षमा वडा कार्यालयले रु चार लाख विनियोजन गरेर जंगली जन्तु तथा बादर नियन्त्रण गर्न तारजाली वितरण गरेको हो । 

निर्वाचनको समयमा सबैभन्दा समस्या रहेको बाँदर नियन्त्रण गर्नुपर्ने जनताको माग रहेसँगै बाँदर धपाउन कृषकलाई तारजाली वितरण गरेको वडाध्यक्ष पौडेलको भनाइ छ । 

वडा कार्यालयको ५० र कृषकको ५० प्रतिशत लगानीमा छ मिटर चौडाइ र एक सय मिटर लम्बाइ भएको जाली गाउँभरिका व्यावसायिक ४६ कृषकलाई ९८ सय मिटर वितरण गरेको हो ।

नेपालमै नमूना प्रकृतिको कार्यक्रम भई तीन वर्षदेखि अभ्यासमा आएकाले बाँदर तथा जंगली जन्तु नियन्त्रण गर्न तारजाली निकै प्रभावकारी हुने पाणिनी गाउँपालिकाका कृषि शाखा प्रमुख मेगराज पौडेलले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

६ महिनापछि घर फर्किए टिंकरवासी

हुलाकी सडकले फेरेको नरैनापुर